तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा

403
shares

गैर आवासीय नेपाली संघ (एनआरएनए) फुटको निकट पुगेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्यले समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए अब एकढिक्का रहने सम्भावना करिब सकिएको छ ।

पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठाउँदै आचार्य पक्षधरले १० विश्व सम्मेलनमा भाग नलिने भएको छ । आचार्य पक्षले समानान्तर क्रियाकलाप अघि बढाउने तयारी गरेको छ । पन्त नेतृत्वले गरेको विश्व सम्मेलनमा भाग नलिने निर्णय गरेको उक्त पक्षले शुक्रबार निर्वाचन तयारी समिति समेत गठन गर्ने बताइएको छ ।

मार्च २३ र २४ मा गर्ने गरी पन्त पक्षधरले तोकेको समयकै आसपासमा आचार्य पक्षले विश्व सम्मेलनको मिति तोक्ने तयारी गरेको छ । संघका पूर्वअध्यक्ष शेष घलेले निर्वाचन तयारी समिति घोषणा गर्ने बताइएको छ । घले नेतृत्वमा रहेको संरक्षक परिषद भंग गर्ने तथा बहुसंख्यक डेलिगेट्स रहेका देशहरुको कार्यसमिति विघटन भएपछि दुई पक्षको दुरी थप बढेको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरिएको थियो ।

अध्यक्षका प्रत्यासी आचार्यले संरक्षक परिषद भंग गर्ने अधिकार वर्तमान कार्यसमितिलाई नरहेको दाबी गरे । उनी भन्छन्, ‘संरक्षक परिषदले गराएको निर्वाचनमा हामी भाग लिन्छौं । पन्त कार्य समितिले गराउने विश्व सम्मेलनको वैधानिकता नै छैन ।’ शुक्रबार सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, आचार्यले उम्मेदवारी दर्ता नगर्ने बताइसकेका छन् । अध्यक्षका लागि डा. बद्री केसी र रबिना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

गत अक्टोबरमा तोकिएको विश्व सम्मेलनमा चुनिने प्रतिनिधिको विषयलाई लिएर विवाद सुरु भएको थियो । आचार्य पक्षले डेलिगेट्समा अनियमितता गरेको आरोप सहित परराष्ट्रमा उजुरी दिएपछि विवाद झन् बढ्दै गएको थियो । पन्त कार्यसमितिले डिसेम्बर १९ र २० मा सम्मेलन हुने गरी नयाँ मिति तोकेको थियो । आचार्य पक्षले विवाद साम्य नभई निर्वाचनमा भाग लिन नसकिने अडान लिएपछि उक्त समयमा पनि सम्मेलन हुन सकेन ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports