विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालीलाई एउटै सूत्रमा बाँध्न हिन्दू राष्ट्र कायम गरौ : अध्यक्ष थापा

611
shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणा सभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दु राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरेका हुन् । सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले स्पष्ट पारे ।

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बन्दै गएकोमा यो राम्रो लक्षण नभएको भन्दै अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी विदेशी प्रभुहरूका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरू भएकोले यसको अन्त्यको लागि बलियो वैकल्पिक राजनीतिक शक्तिको रूपमा राप्रपा नेपाल उदाएको ठोकुवा गरे । फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पना भन्दा माथिको सफलता हासिल गरेको भन्दै थापाले राप्रपा नेपालले चाँडै राष्ट्रिय राजनीतिमा बलियो शक्तिको स्थान ओगट्ने दाबी गरे ।

निःस्वार्थ भावले राष्ट्रको लागि केही गर्छौँ भन्ने आशा बोकेका युवाहरूको साथले राप्रपा नेपाललाई थप ऊर्जा र हौसला प्राप्त भएको बताउँदै अध्यक्ष थापाले संवर्द्धनवाद, लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन, समृद्धि र राष्ट्रवादको एजेण्डा बोकेर जनता माझ आएको राप्रपा नेपाल प्रति स्वतन्त्र रूपमा रहेका व्यक्तित्वहरू, विभिन्न संघ संगठनहरु आकर्षित हुँदै पार्टी प्रवेश गर्ने लहर सुरु भैसकेकोले पार्टीका एजेण्डा बोकेर घरघर, दैलोदैलो पुग्न युवाहरूलाई आह्वान गरे । कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports