सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकहरु बीच चैतमा ब्याजदर नबढाउने सहमति

416
shares

बैंकहरु बीच चैतमा ब्याजदर नबढाउने सहमति भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पीहरुका छाता संगठनले यस्तो सहमति गरेका हुन् ।

नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले चैतमा ब्याजदर नबढाउने सहमति गरिएको एक वाणिज्य बैंकका सीइओले बताए । ‘ब्याजदर बढाउँदैमा निक्षेप बढ्ने अवस्था नरहेपछि संघले चैतमा ब्याजदर नबढाउने सहमति गरेको छ,’ एक बैंकका सीइओले  भने, ‘चैतमा पनि तरलता सहज हुने अवस्था देखिँदैन ।’

राष्ट्र बैंकको नियम अनुसार अर्को महिना लागू हुने ब्याजदर यो महिनाकै अन्तिम दिन प्रकाशित गर्नुपर्छ । यसरी प्रकाशित गर्दा विद्यमान ब्याजदरमा १० प्रतिशत भन्दा बढीले बढाउन पाइने छैन । फागुन महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिइरहेका छन् । त्यस्तै, बचतमा ५ प्रतिशत र कलमा ३.१५ प्रतिशत सम्म दिइरहेका छन् । माघको भन्दा फागुनमा बैंकहरुले १० प्रतिशतले ब्याजदर बढाएका थिए ।

राष्ट्र बैंकका गभर्नरले ब्याजदर बढाउन भनेपछि यसअघि संघले संस्थागत निर्णय गरेरै ब्याजदर बढाएको थियो । यद्यपि बैंकमा निक्षेप भने बढ्न सकेको छैन

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports