kumari
stcnepal

आज शेयर बजारमा भारी अंकको बृद्धि

चैत महिनामा ब्याजदर नबढाउने नेपाल बैंकर्स एशोसिएशनको निर्णय सँगै आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २,६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज १८८ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ९० करोड २२ लाख ८९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय ५१ रुपैयाँ रहेको छ ।

 

 

 

footer