२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एप्स मार्फत डलरको अवैध कारोबार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दर्ता

819
shares

विभिन्न प्रकारका एप्स मार्फत डलरको अवैध कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जना विरुद्ध मुद्दा दर्ता गरेको छ । मोरङको रतुवामाई नगरपालिका-७ का पुस्कर कार्की र बिनिता लिम्बु विरुद्ध ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनीहरुले एप मार्फत डलरको अवैध कारोबार गरी क्रिप्टोकरेन्सीमा लगानी गरेको विभागको दाबी छ । आरोपितहरुले बाइनान्स, क्वाइनबेस, प्याक्सफूल जस्ता मोबाइल एपको माध्यमबाट नगद लोड तथा अनलोड गरी अवैध रुपमा अमेरिकी डलरको सटही गरेको विभागले जनाएको छ । आरोपित श्रेष्ठले मेगा बैंक बाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंक बाट २ करोड ५१ लाख ७६ हजार, एनआईसी एसिया बाट २ करोड ३६ लाख ६२ हजार समेत गरी कुल ७ करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबारका थिए भने बिनिता लिम्बूले एनआईसी एसिया बैंक बाट २ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको विभागको दाबी छ ।

विभागले आरोपितहरुलाई ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो रकम जफत गर्न र ३ वर्षसम्म कैद सजाय माग गरेर मुद्दा अदालतमा बुझाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports