२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल : प्लेअफमा पुग्ने दौड रोचक, प्लेअफमा कुन कुन टोली पुग्लान ?

442
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको लिग चरण अन्तिमतिर पुग्दै गर्दा प्लेअफमा स्थान बनाउने प्रतिस्पर्धा रोचक बनेको छ । पाँच खेल सकिँदासम्मको अंकतालिकाले काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई प्लेअफको बलियो दाबेदारका रूपमा देखाएको छ । तर बाँकी दुई स्थानका लागि भने सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

आठ टोली सहभागी प्रतियोगितामा लिग चरणपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् । अहिलेसम्मको प्रदर्शन हेर्दा काठमान्डु र लुम्बिनीले आफूलाई अन्य टोलीभन्दा केही बलियो अवस्थामा उभ्याएका छन् । बाँकी दुई स्थानका लागि भने आगामी खेलको नतिजाले समीकरण परिवर्तन गर्न सक्छ ।

पाँच खेलबाट चार जित र एक हार बेहोरेको काठमान्डु आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार राम्रो प्रदर्शन गरिरहेको काठमाडौंले पाँचमध्ये चार खेल जित्दै आफ्नो लय प्रमाणित गरेको छ । ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित देखिएको काठमाडौंले आगामी खेलमा पनि यही प्रदर्शन कायम राख्न सके शीर्ष चारमा मात्र नभई क्वालिफायरमा स्थान बनाउने सम्भावना बलियो छ ।लुम्बिनी लायन्स सात अंकसहित दोस्रो स्थानमा छ । पाँच खेल खेलेको लुम्बिनीले तीन जित, एक हार र एक खेलमा नतिजाविहीन भएको छ । एक खेल वर्षाका कारण नतिजाविहीन भए पनि लुम्बिनीले देखाएको प्रदर्शन प्रभावशाली छ । तीन जित र उत्कृष्ट नेट रनरेटका कारण लुम्बिनी पनि प्लेअफको बलियो दाबेदार देखिएको छ ।

तेस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंक जोडेको छ । सुरुवाती खेलमा उतारचढाव देखिए पनि पछिल्ला खेलमा जित निकाल्न सफल सुदूरपश्चिमले आफ्नो स्थान सुरक्षित गर्न आगामी खेलमा जितलाई निरन्तरता दिनुपर्नेछ ।
पाँच अंकसहित चौथो स्थानमा रहेको चितवन राइनोज पनि प्लेअफको दौडमा अगाडि छ । पाँच खेलमा दुई जित, दुई हार र एक खेल नतिजाविहीन भएको छ । चितवनका लागि आगामी दुई खेल निकै महत्त्वपूर्ण हुनेछन् । शीर्ष चारमा रहेको फाइदा भए पनि पछाडि रहेका टोलीसँग अंकको अन्तर धेरै छैन ।

यसैगरी जनकपुर बोल्ट्स, विराटनगर किंग्स र कर्णाली याक्स समान चार अंकसहित क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् । यी तीनै टोलीले पाँच खेलमा दुई जित र तीन हार बेहोरेका छन् । यी तीन टोलीका लागि प्लेअफ पुग्ने सम्भावना अझै जीवित छ । बाँकी दुई खेल जित्न सके उनीहरू आठ अंकसम्म पुग्न सक्छन् । त्यसैले अहिले चौथो स्थानमा रहेको चितवनमाथि पनि दबाब बढ्ने निश्चित छ । समान अंक भएका टोलीबीच अन्तिम समीकरणमा नेट रनरेटले समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।तालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्सले पाँच खेलबाट एक जित मात्र निकाल्दै दुई अंक जोडेको छ । चार हार बेहोरेको पोखराको प्लेअफ यात्रा भने कठिन बनेको छ । बाँकी खेल जिते पनि अन्य टोलीको नतिजा सबै आफू अनुकुल आउनेपर्ने छ ।

समग्रमा अहिलेकै अवस्थालाई आधार मान्दा काठमान्डु र लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना सबैभन्दा बलियो भएका टोली हुन् । सुदूरपश्चिम र चितवन पनि अहिलेको शीर्ष चारमा रहेकाले उनीहरूलाई केही सहजता छ । तर जनकपुर, विराटनगर र कर्णालीले बाँकी खेलमा जित निकाल्न सके समीकरण उल्टिन सक्छ । यसर्थ, प्लेअफ पुग्ने चार टोलीको अन्तिम टुंगो लाग्न बाँकी खेलका नतिजाले नै लगाउनेछ। अहिलेको अंकतालिकाले काठमाडौं र लुम्बिनीलाई बलियो अवस्थामा देखाए पनि बाँकी दुई स्थानका लागि अन्तिम समयसम्म प्रतिस्पर्धा हुने संकेत गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports