कस्तो रहला आज मंगलवारको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशका हिमाली तथा पहाडी भु- भागमा बर्षा हुन सक्ने
वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:४१
shares

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति देशको हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।





























