एनपीएल : चितवनलाई पराजित गर्दै काठमाडौ शिर्षस्थानमा उक्लियो
वि.सं.२०८३ कात्तिक २३ सोमवार २०:५१
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लेको छ ।
काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस जितपछि काठमान्डु प्लेअफको निकै नजिक पुगेको छ । चितवनको भने ५ खेलमा यो दोस्रो हार हो र ५ अंकसहित चौथो स्थानमा छ ।काठमान्डु ले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । उनले ३५ बल खेल्दै २ चौका र ३ छक्का मदतमा सर्वाधिक ५५ रन बनाए ।यस्तै डान मोस्लीले २९, ओपनर किमल मिसराले २८ र विकेटकिपर अर्जुन साउदले २३ रन बनाए । कुशल मल्ल १३ रनमा आउट भए । यसअघि लुम्बिनीविरुद्धको खेलमा अर्धशतक बनाएका अष्ट्रेलियन ब्याटर डेभिड वार्नर ६ बलमा जम्मा १ रनबनाएर आउट भए । अर्का ओपनर साहिल पटेल पनि ८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा काठमान्डुले ३.५ ओभरमा १३-२ को स्थितिमा थियो ।
तर रासिद खानले विलयम बोसिस्टोसँग मिलेर तेस्रो विकेटका लागसस ६२ रनको सझदारी गर्दै इनिङ्स सम्हाले । बोसिस्टो २२ बलमा २७ रन बनाएर दशौँ ओभरको तेस्रो बलमा आउट भए ।त्यसपछि रासिदले चौथो विकेटका लागि सहान अराचिगेसँग ५३ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । अराचिगेले २० बल खेल्दै ३ चौका र२ छक्का मदतमा ३३ रन बनाए ।अर्धशतक बनाएलगत्तै रासिद पनि १६औं ओभरमा चितवनको कप्तान सिकन्दर राजाको बलमा कुशल मल्लबाट क्याचआउट भए ।
कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै ७ बलमा ३ छक्का प्रहार गर्दै २० रन योगदान गरे । १८औं ओभरको चौथो बलमा करण रिभ्युमार्फत एलबीडब्लु आउट भएका थिए ।जहानदाद खान ९ र आदिल आलम ९ रन जोडेर आउट भए । सन्तोष यादवले २ बलमा १ छक्का प्रहार गर्दै अविजित ८ रन जोडे ।
बलिङमा चितवनका लागि रिजन ढकालले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । कप्तान सिकन्दर राजाले ४ ओभरमा १९ र कमल सिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर २-२ विकेट लिए । डान मोस्लीले १-१ विकेट लिए ।
































