२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल : काठमाडौले दियो चितवनलाई १८१ रनको लक्ष्य

273
shares

रासिद खानको अर्धशतकको सहयोगमा काठमाडौं गोर्खाजले चितवन राइनोजसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सोमबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८० रनको योगफल तयार पारेको हो।३.२ ओभरमै दुई विकेट गुमाएर दबाबमा आएको काठमाडौंको पारी विलियम बसिस्टो र रासिद खानले सम्हालेका थिए। उनीहरूले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे। विलियम २२ बलमा एक छक्का सहयोगमा २७ रन बनाउँदै पेभेलियन फर्के।

त्यसपछि चौथो विकेटका लागि रासिद र सहानले ५३ रनको साझेदारी गरेपछि काठमाडौ विशाल लक्ष्यतर्फ अघि बढेको थियो।रासिदले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ३० बलमा दुई चौका र चार छक्का सहयोगमा ५२ रन बनाए।सहानले २० बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३३ रन बनाउँदा क्याच आउट भए। कप्तान करण केसी सात बलमा तीन छक्काको सहयोगमा २० रन बनाउँदा एलबीडब्लुको धरापमा परे।

साहिल पटेल आठ र आदिल आलम नौ रनमा आउट भए। ६ बलको सामना गरेका डेविड वार्नर एक रनमा बोल्ड आउट भए।चितवनका लागि रिजन ढकालले तीन तथा सिकन्दर राजा र कमल ऐरीले समान दुई विकेट लिए। डान मुस्लीले एक विकेट आफ्नो नाममा गरे। रन्जित कुमार, कुशल मल्ल, मौसम ढकाल र रवि वोपारा विकेटविहीन रहे।

चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports