२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवको पदबाट राजीनामा दिने तयारी

494
shares

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । सरकारलाई विश्वासको मत दिने विषयमा अन्य दलसँग सहमति जुट्न नसकेपछि मुख्यमन्त्री यादव राजीनामा दिएर बाहिरिने मनस्थितिमा पुगेका हुन् ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा अब एक सातामात्र बाँकी छ । तर, सरकारले अहिलेसम्म विश्वासको मत लिने मिति तय गर्न सकेको छैन ।मुख्यमन्त्री यादवलाई समर्थन गर्ने विषयमा अन्य दलबाट स्पष्ट प्रतिबद्धता नआएकाले विश्वासको मत लिने मिति तय हुन नसकेको बताइएको छ । कृषि मन्त्री श्याम पटेलले सरकारले विश्वासको मत कहिले लिने भन्ने विषयमा अझै टुंगो लाग्न बाँकी रहेको बताए ।

‘मुख्यमन्त्रीले वर्तमान सरकारलाई सहयोग गर्न अन्य दलसँग छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘कसैसँग सहमति भयो भने विश्वासको मत लिइन्छ, नभए कसरी अगाडि बढ्ने भन्नेबारे त्यसपछि छलफल हुन्छ ।’सरकारका अर्का एक मन्त्रीका अनुसार अन्य दलले विश्वासको मत दिने प्रतिबद्धता नजनाए मुख्यमन्त्री यादवले राजीनामा दिने आन्तरिक तयारी गरेका छन् । अन्तिम समयमा विश्वासको मत नलिई सिधै राजीनामा दिने उनको तयारी रहेको ती मन्त्रीको भनाइ छ ।यद्यपि, कांग्रेसकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने प्रयासस्वरूप अन्य दलसँग छलफल जारी छ । तर, अहिलेसम्म कुनै दलसँग सहमति जुट्न सकेको छैन ।

नेकपा एमाले र नेकपा सरकारबाट बाहिरिएपछि कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । अबको समयसीमाभित्र राजनीतिक सहमति जुट्न नसके मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा पर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports