२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल : सुदूरपश्चिमसँग जनकपुर निरीह साबित, २७ रनले परिजित

247
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। जितका लागि १२१ रनको लक्ष्य पाएको जनकपुर ९३ रनमै समेटिएपछि सुदूरपश्चिमले प्रतियोगितामा छैटौँ खेलमा चौथो जित निकालेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउने क्रममा जनकपुरका ब्याटर चल्न सकेनन्। जिम्मी निशमले सर्वाधिक २० तथा तृतराज दासले २१ रन बनाए। आदित्य महताले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जनकपुरको इनिङ्स ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेनले उत्कृष्ट बलिङ गर्दै १३ रन खर्चेर तीन विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्ननायके, दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले एक–एक विकेट हात पारे।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२० रन बनाएको थियो। उसका लागि ब्रान्डन म्याकमलेनले ३३ र थरिन्दु रत्ननायकेले २७ रनको योगदान दिए।

जनकपुरका कप्तान हर्मित सिंहले चार विकेट लिएर सुदूरपश्चिमको रनगति नियन्त्रणमा राखेका थिए। उनले चार ओभरमा २२ रन खर्चिए। हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए।यस जितसँगै ६ खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको जनकपुर चार अंकसहित छैटौँ स्थानमा झरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports