तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेटी बचाऔं बेटी पढाऔ नारा साईकल पचाउन : अध्यक्ष ओली

520
shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यम बाट विकास गरिने बताएका छन् ।

एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा मंगलबार भक्तपुरको थिमि स्थित राधेराधेमा आयोजना गरिएको कार्यक्रममा उनले कृषि, औद्योगिकरण, पर्यटनका माध्यम बाट उत्पादन वृद्धि गरी आयात घटाएर निर्यात बढाउँदै देशको अर्थतन्त्रलाई फाइदा पुर्याउन सक्ने बताए ।

अध्यक्ष ओलीले मधेश प्रदेश पछाडी पर्नुनपर्ने बताउँदै पर्यटकीय दृष्टिकोण बाट एकदमै राम्रो मधेस प्रदेशलाई सुनकोशी डाइभर्सन बनाए पछि यस क्षेत्रका सबै जमीनमा सिँचाइ पुग्ने बताए । अध्यक्ष ओलीले वीरगञ्ज–काठमाडौँ  रेल चल्ने बताउँदै धार्मिक पर्यटनको दृष्टिकोणले पनि यो प्रदेश उत्कृष्ट रहेको चर्चा गरे ।

अध्यक्ष ओलीले मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक भएको बताए । उनले मधेस प्रदेश सरकारको नारामा ‘बेटी पढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको बताए । त्यस्तै, पर्सामा विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports