kumari
stcnepal

नेप्से परिसूचक १९ दशमलव ७४ अंकले घटेर २,६३१.३२ को विन्दुमा

आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ७४ अंकले घटेर २,६३१ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ४९ करोड ६७ लाख ४७१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनकिो १६ करोड ३६ लाख रुपैयााको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ सय ६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, गरिमा विकास बैंकको १२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ५५८ रुपैयाँ शेयर मुल्य कायम भएको छ । अपि पावर कम्पनीको १० करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् ।त्यस्तै सबैभन्दा धेरै यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन् ।

 

 

footer