सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एआईजीको बढुवा सिफारिस प्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट

507
shares

गृह मन्त्रालयले बुधबार गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा सिफारिस प्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् ।

कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्र निकटका अधिकृतहरुलाई बढुवा सिफारिस गरिएको भन्दै प्रहरी प्रधान कार्यालय समेत असन्तुष्ट बनेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले बढुवा सिफारिस प्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि मन्त्रालयमा पनि असन्तुष्टि व्यक्त गरेको बताए । सोमबार मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरु मध्ये केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह व्यवसायिक अधिकृत मानिन्छन् । पन्त र धानुकको नाममा असन्तुष्टि बढेको हो ।

अब्बल डीआईजीहरु हुँदाहुँदै भागबण्डाको आधारमा शक्ति केन्द्र निकटलाई अघि बढाइएको प्रति प्रहरी प्रधान कार्यालय, नक्सालको असन्तुष्टि छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजी घनश्याम अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक, धिरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई बढुवा सिफारिस गर्न चाहेको थियो । तर गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । पन्त हालका आईजीपी थापा सँगै १९ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जानेछन् ।

वरियताका आधारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिस्पर्धी थिए । भागरथी बलात्कार पछि हत्या प्रकरण सहितका केही ठूला अपराध अनुसन्धानमा खेलेको भूमिकाका कारण प्रशंसा पाएका सुवेदी प्रहरी प्रधान कार्यालयको रोजाइमा थिए । तर शक्ति केन्द्रको भागबण्डामा नअटाएपछि उनी बढुवामा छुटे । पन्त सुदूपश्चिमका भएकाले बालुवाटारको कोटामा बढुवा भए, धानुकलाई बढुवा गर्न सत्तारुढ माओवादी केन्द्रको जोडबल रह्यो ।

कांग्रेसका केही नेताहरुले लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ लिने बेला कांग्रेस प्रमुख सेचतक निर्मला क्षेत्री सहितका प्रदेश सांसदहरुलाई दुर्व्यवहार गरेको बताउँदै धानुकलाई बढुवा नगर्न कांग्रेसका केही नेताहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई दबाव दिएका थिए । धानुक अघिल्लो पटक कांग्रेस सरकारमा भएका बेला तत्कालीन एमाले सांसद् नवराज सिलवाललाई किर्ते कसूरमा कारबाही नगरेको भनेर पनि काठमाडौं प्रहरी प्रमुख बाट हटाइएका थिए । तर अर्थमन्त्री जनार्दन शर्माको साथ पाएपछि उनले एआईजी बढुवामा बाजी मारेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports