नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन नै नभएको अबस्थामा दाहालले हार स्वीकार

702
shares

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन बिना आफ्नो पार्टी चुनावमा जानै नसकिने स्वीकारोक्ति गर्नुभएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको नेता समेत रहनुभएका प्रचण्डले कांग्रेसले सहकार्य नगरे एमाले सँग मिल्ने धम्की दिँदै गठबन्धन बिना आफ्नो दल धुलोपिठो हुने तथ्यलाई आफ्नै मुख बाट सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफूहरु कांग्रेस सँगै गठबन्धन गरेर कम्युनिष्ट आन्दोलन जोगाउने अभियानमा रहेपन चुनावमा माओवादी सँग गठवन्धन गर्ने बारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गर्नुभयो । प्रचण्डका अनुसार एमाले सँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बछ ।

‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमाले सँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन,’ बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो, ‘कांग्रेसका केही नेताले माओवादी सँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports