सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन नै नभएको अबस्थामा दाहालले हार स्वीकार

377
shares

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन बिना आफ्नो पार्टी चुनावमा जानै नसकिने स्वीकारोक्ति गर्नुभएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको नेता समेत रहनुभएका प्रचण्डले कांग्रेसले सहकार्य नगरे एमाले सँग मिल्ने धम्की दिँदै गठबन्धन बिना आफ्नो दल धुलोपिठो हुने तथ्यलाई आफ्नै मुख बाट सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफूहरु कांग्रेस सँगै गठबन्धन गरेर कम्युनिष्ट आन्दोलन जोगाउने अभियानमा रहेपन चुनावमा माओवादी सँग गठवन्धन गर्ने बारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गर्नुभयो । प्रचण्डका अनुसार एमाले सँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बछ ।

‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमाले सँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन,’ बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो, ‘कांग्रेसका केही नेताले माओवादी सँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports