२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका केन्द्रीय सदस्य भण्डारीले गरे पार्टी परित्याग, राप्रपामा खैलाबैला

741
shares

महाधिवेशन बाट निर्वाचित केन्द्रीय सदस्य हिक्मत जंग भण्डारीले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।

राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को अध्यक्ष समेत रहेका भण्डारीको पार्टी वहिर्गमनको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भण्डारीले कुनै पार्टीमा प्रवेश गरेको भन्ने नखुलाए पनि कमल थापाका विश्वास पात्र मानिएका उनी राप्रपा नेपालमा प्रवेश गर्ने प्रायः निश्चित छ ।

भण्डारी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत २०४७ सालको पार्टी स्थापना समय देखि राष्ट्रिय प्रजातन्त्र पार्टीको विभिन्न तहमा रहँदै पार्टीको नीति, सिद्धान्तलाई जनस्तर सम्म पुर्याउने कार्यमा निरन्तर क्रियाशिल रहँदै यहाँ सम्म आइपुगेँ । अहिले विभिन्न कारण बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य देखि केन्द्रीय कार्य समिति सदस्य समेत नरहने गरी राजिनामा दिएको छु ।’

‘तत्कालीन समय देखि हाल सम्म मलाई सहयोग, सद्भाव पु¥याउनुहुने महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछु । मैले लिएको यस निर्णय प्रति सबै मान्यजनहरू बाट कुनै पनि किसिमको तर्क वितर्क नगरी स्वेच्छाको निर्णयमा सद्भावको अपेक्षा गर्दछु । नेपालको ट्रेड युनियन आन्दोलनमा अझ सशक्त रुपमा क्रियाशिल रहनेछु । धन्यवाद,’ विज्ञप्तिमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports