नेपालको कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित
वि.सं.२०८३ मंसिर ६ आइतवार १६:५४
shares

काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ ।
आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाए ।
यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले १-१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको थियो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले १-१ विकेट लिए । नेपालले यसपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ ।




































