२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्नेछ : राज्यमन्त्री प्रसाद

221
shares

काठमाडौं । दुई दिने भ्रमणका लागि पुगेका प्रधानमन्त्री बालेन शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेका भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले यो भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई स्वागत गरेको तस्वीर सेयर गर्दै उनले आफूले स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।‘नेपालका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई भारतको नयाँ दिल्लीमा औपचारिक भ्रमणका क्रममा स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ उनले लेखेका छन्, ‘तपाईंको यो पहिलो भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई नयाँ गति र ऊर्जा प्रदान गर्नेछ ।’

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो भारत भ्रमण हो । बालेनले आजै केहीबेरपछि भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्दैछन् । त्यस्तै, उनले भोलि समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports