प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लेटाङमा प्रहरी जवानको हत्या अभियोगमा ४९ जना पक्राउ

624
shares

विराटनगर । मोरङको लेटाङ नगरपालिका-५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

गत चैत ६ गते विद्यार्थी माथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको हो । ती मध्ये २० जना माथि प्रहरी जवान श्रेष्ठको हत्या अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । २९ जनालाई अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले बताए ।

कक्षा ७ मा पढ्ने छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेल माथि प्रहरीले जवरजस्ती करणी उद्योगमा अनुसन्धान गरिरहेको छ । शिक्षक पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी चैत ६ गते विद्यालय प्रशासनमा परेपछि छलफलका लागि उपमेयर कष्णकुमारी निरौला र विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडा अध्यक्ष भूम सुर्य मगर विद्यालय पुगेका थिए ।

त्यसपछि पटक पटक यौन दुव्र्यवहार गर्ने शिक्षकलाई जोगाउन खोजेको भन्दै विद्यार्थी र अभिभावकले आन्दोलन सुरु गरेका थिए । दिउँसो करिब साढे १२ बजे बाट सुरु भएको आन्दोलनले उग्र रुप लिँदा साँझ करिब साढे ७ बजे प्रहरी जवान श्रेष्ठको हत्या भएको थियो । आन्दोलनकारीले विद्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका थिए । घटनाको अनुसन्धानको लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन टोली गठन गरेको छ । टोलीमा पाँच जना सदस्य छन् ।

प्रहरीका अनुसार हत्या अभियोगमा लेटाङ नगरपालिका–५ का ४८ वर्षका चन्द्र तामाङ भन्ने चन्द्रकान्त लामा, २५ वर्षका रविन राई, २० वर्षका रविन तामाङ, लेटाङ–६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ–५ का २३ वर्षीय प्रदिप राई पक्राउ परेका छन् ।

त्यस्तै १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर, मिक्लाजुङ गाउँपालिका २ घर भई लेटाङ– ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ–५ का सञ्जीव प्रधान, प्रनिश कट्टेल, जस्वीन पाख्रिन, शनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादव पनि पक्राउ परेका छन् । ती मध्ये केही सोही स्कुलका विद्यार्थी हुन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports