प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा सुरु गर्यो

598
shares

काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा सुरु गरेको छ ।

सोमवार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु गरेको हो । अस्पताल बाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आज बाट रगत र रगत सँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क सेवा सुरु भएको बताए । उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने तर्फ लागिरहेको बताए ।

कार्यकारी निर्देशक बस्नेतले भने, ‘मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै एक्सपान्सन गर्ने अपुच्युनिटी पाएका छौँ । त्यो मध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डि केयर सेन्टर हो । यसमा रगत र रगत सँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क रुपले धेरै रोगहरुको उपचार हुन्छ । त्यो भन्दा पनि हामी बिस्तारै अब बनम्यारो ट्रान्सप्लान्ट तिर जाँदैछौँ ।’ त्यस्तै रक्त रोग तथा रक्त क्यान्सर विशेषज्ञ डा.निरजकुमार सिंहले नेपालमै पहिलो पटक रगत जन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए । उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोग सम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने बताए ।

विशेषज्ञ डा. सिंहले भने, ‘आज बाट वीर अस्पतालमा हामीले नयाँ सर्भिस सुरु गरेका छौँ । यो नेपालमा पहिलो चोटि हो । यो रगतजन्य अनुवांशिक रोगहरु जस्तो वंशानुगत रोगहरु, आमाबुबा बाट छोराछोरीमा सर्ने रोग त्यो सर्भिसको निःशुल्क उपचार सेवा सुरु गरेका छौँ । हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्नेछौँ । साथै यो रोगमा लाग्ने बेसिक जाँच परीक्षणहरु पनि वीर अस्पतालमा आज बाट निःशुल्क भएको छ ।’ विशेषज्ञ सिंहले अस्पतालको अबको लक्ष्य बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने रहेको पनि बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports