गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धनको बैठक बस्दै, आजै संयुक्त अपिल जारी हुने

507
shares

काठमाडौं । सत्तारुढ दलको गठबन्धन बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान ९ बजे बस्ने सत्ता गठबन्धनको बैठकले चुनाव परिचालन समितिले आइतबार गरेको छलफलको निष्कर्ष र सुझावहरू माथि छलफल गर्नेछ ।गठबन्धनका तर्फ बाट सोमबारनै संयुक्त अपिल जारी गर्ने तयारी पनि गरिएको छ । संयुक्त अपिल जारी पछि स्थानीय तहमा गरिने तालमेल सहज हुने अनुमान पाँच दलका शीर्ष नेताहरुले गरेका छन् ।

आइतबार स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेल गर्दा स्थानीय सहमतिलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको समितिले चुनावी तालमेल गर्दा स्थानीय तहमा पाँच दल बीच हुने सहमतिलाई प्राथमिकता दिने भन्दै समय समेत थप गरेको छ । गठबन्धनले सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तह सम्म चुनावी तयारीका लागि संयन्त्र गठन गरेको थियो ।

ती संयन्त्र मार्फत् सातै प्रदेश बाट प्राप्त सुझावहरू माथि केन्द्रीय संयन्त्रले छलफल गरेर विभिन्न निष्कर्षहरू निकालेको हो ।तल बाट प्राप्त भएका विभिन्न सुझावहरूमाथि छलफल गरी निस्किएको निष्कर्षहरूलाई सत्ता गठबन्धनको सोमबारको बैठकमा पेश गरिँदैछ ।सबै तह बाट गठबन्धनको अवस्था बारे रिपोर्ट नआएपछि बैठकले प्रदेश र जिल्ला तहलाई ०७८ चैत्र मसान्त भित्र पाँच दलीय बैठक राखी आवश्यक सहमति कायम गरी केन्द्रमा पठाउन निर्देशन गर्ने निर्णय गरेको छ ।

स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य अघि बढाउने बैठकको निष्कर्ष रहेको नेताहरुको भनाइ छ । पाँच दलीय संयन्त्रको स्थानीय तहमा गर्ने सहमतिलाई नै प्राथमिकतामा राखेर कुन स्थानीय तहमा कसले नेतृत्व गर्ने, कस्तो व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने सहमति तल्लो तहबाटै आउँदा सहज समितिको ठहर गरेको छ ।आज सोमबारको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस बारे पनि थप निर्णय गर्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports