गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन कांग्रेसको निर्देशन जारी

585
shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधान बमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ ।

कांग्रेसले आइतबार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधान बमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

सो व्यवस्था विपरीत केही जिल्ला अन्तर्गत मातहतका पार्टी निकाय बाट उम्मेदवारको सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी आएपछि सो सर्कुलर गरिएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै पार्टीले विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्य बाट विधान तथा नियामावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम लिन/उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन जानकारी समेत गराएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports