kumari
stcnepal

आज थप २६ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको पीसीआर परीक्षण गर्दामा २३ जना र १ हजार २१२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट ३७ जना निको भएका छन् भने हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये ५३१ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७६९ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार १११ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना संक्रमित थपिएका छन् ।

 

footer