प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपाको आफूहरूलै नै बढी सिट जित्ने दाबी स्थानीय तहको निर्वाचनमा

546
shares

स्थानीय तह निर्वाचन वैशाख ३० गते घोषणा भएपछि मधेसलाई आधार बनाइ राजनीति गरेका यी दलहरु छुट्टाछुट्टै मोर्चा बाट चुनाव लड्ने भएका छन्। जसपा काँग्र्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सँगको चुनावी तालमेलमा छ। पाँच दलीय गठबन्धनमा जसपा मिलेर चुनाव लड्ने तयारीमा छ। लोसपाले भने सके सम्म नेकपा एमाले सँग चुनावी तालमेल गर्न खोजिरहेको छ। यद्यपि तालमेल बारे ठोस निर्णय भइसकेको छैन ।

यसअघि स्थानीय तह निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति छुट्टाछुट्टै दलमा रहेर निर्वाचन लडेका थिए। त्यति बेला समाजवादी फोरमले २१ स्थानीय तह प्रमुख र नयाँ शक्तिले रसुवाको पार्वतीकुण्ड गाउँपालिकाका मात्रै जितेको थियो। रसुवाका जनप्रतिनिधि काँग्रेस प्रवेश गरिसकेका छन्। उपेन्द्र र बाबुरामको दुई दल एकतापछि प्रमुख जितेको स्थानीय तह संख्या २२ पुगेको थियो । तर, पछिल्लो समय एकता प्रक्रियामा आएको राजपाको समेत जोड्दा जसपाले प्रमुख जितेका स्थानीय तह संख्या ३६ पुगेको नेताहरुले दाबी गरेका छन्। ‘तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति एकता गर्दा संख्या थोरै थियो। त्यसपछि राजपा सँग एकता गरेपछि जसपा बन्यो। जसपा बाट महन्थ ठाकुरहरु चोइटिएर जानुभयो। धेरै स्थानीयतह प्रमुखले जसपा रोज्नुभयो’ जसपा नेता मोहम्मद इस्तियाक राईले भने, ‘जसपाका दुबैपक्षका स्थानीतह प्रमुख सहित अन्य पार्टी बाट आएका पनि जोड्दा ३६ स्थानीय प्रमुख छन्।’

जसपा आधिकारिकता समेत आफूहरुले पाएकाले स्थानीय तहमा आफ्नो मत बढ्ने राइले दाबी गरे । ‘पार्टी आधिकारिकता हामीले पायौँ। पार्टीको संगठन परिचालन र पुनर्गठनलाई व्यवस्थित बनाएका छौ’ उनले भने, ‘यसो हुँदा अघिल्लो स्थानीय तहको भन्दा पक्कै पनि धेरै स्थानीय तह जित्छौ। मलाई लाग्छ, ७५ स्थानीय तह एकल रुपमा जित्छौँ । गठबन्धन भएमा त्यो भन्दा बढी जित्ने सम्भावाना छ।’ जसपा राष्ट्रिय पार्टी भइसकेकाले लोसपा भन्दा धेरै स्थानीय तह जित्ने राइको दाबी छ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports