linktrix Long Ad
Salt Trading Long Ad

कठैबरी नेपाली कांग्रेस : अध्यक्ष ओली

637
shares

काठमाडौँ, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नीतिहिन र विचारहिन पार्टी भएको बताएका छन् । काँग्रेसले १५ दिन सम्म गरेको महाधिवेशनमा कुनै विचार आउन नसकेको अध्यक्ष ओलीको भनाइ छ । उनले कांग्रेस महाधिवेशनमा कुनै राजनीति, जननीति र विकासको चर्चा नभएको र सत्ता जोगाउने विषयमा मात्रै चर्चा भएको टिप्पणी गरे । उनले भने, ‘कठैबरी काँग्रेस ? कति माया लाग्दो छ ।’ उनले माओवादी केन्द्रको महाधिवेशन बारे पनि चर्चा गरे ।

ललितपुरमा मंगलबार आयोजित नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘माओवादीको महाधिवेशन चालु नै छ पदाधिकारी छान्न सकेन, प्रचण्ड साँझ छ । ढाँटछलको प्रस्ताव पेश भयो त्यति हो ।’ ओलीले एमालेमा प्रवेश गर्न लागेकालाई गठबन्धनले थुनेको बताए । उनले एक जनालाई थुने पनि हजारौँ एमालेमा आउने बताए ।

 

उनले वर्तमान सरकारले अर्थतन्त्र धराशयी बनाएको भन्दै हुतिहारा सरकारको संज्ञा दिए । उनले सोही ४० करोडको सुचना गभर्नरले चुहाउँछ भनेर कारवाही गरिएको दावी गरे । ‘यो सरकार भ्रष्ट सरकार, पैसा छैन, विकास छैन । भरसक स्थानीय तहलाई पंगु बनाउने प्रयास छ । यिनीहरु पाँच दल भनेका एउटै हुन्’, ओलीले भने ।

अध्यक्ष ओलीले नयाँ २०७९ शुभकामनामा यो सरकार हटेर जाओस् भनेर शुभकामना दिए । ‘नयाँ बर्ष २०७९ ले देशको अहित चाहने तत्वहरु, व्यक्तिहरु, विदेशीको हित गर्ने, अरुको इशारामा चल्ने, भ्रष्ट सरकारजस्ता कुराहरूले मुक्ति पाओस्’, ओलीले भने, ‘लोकतन्त्रको अभ्यास गर्ने, शुसानका लागि काम गर्ने, भ्रष्टाचार विरोधी सरकार बन्न सकोस् । त्यो सरकार भनेको अरु कोही हुनै सक्दैन । त्यस्तो सरकार भनेको नेकपा एमालेको सरकार हो, एमालेको अत्याधिक बहुमतको सरकार बनोस्, त्यो स्थानीय तह बाट सुरु होस् ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports