linktrix Long Ad
Salt Trading Long Ad

भारतीय दूतावासमा प्रधानमन्त्री सहित दाहाल, नेपाल भोज खान ताँती

572
shares

काठमाडौं। स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले पालिका बाँडफाँड गर्ने निर्णय गरे लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठबन्धनका नेताहरु भारतीय दुताबास पुग्नुभएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको भोजमा प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेताहरु भारतीय दूतावास पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवा लैनचौरमा मंगलबार साँझ साढे ७ बजेदेखि दूतावासमा आयोजना गरिएको भोजमा सहभागी भएका हुनुभएको लैनचौर स्रोतले जनाएको छ । राजदूत विनय मोहन क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि आज बिदाइ पार्टी आयोजना गर्नुभएको हो।राजदूतको भोजमा गएर सत्तारुढ गठबन्धनका नेताहरुले केही बेर गोप्य बार्ता समेत गरेको बताइएको छ।

बिदाइ पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी हुनुभएको थियो । पार्टीमा गृहमन्त्री बालकृष्ण खाँण सहितका मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी र अन्य मुलुकका राजदूतहरु पनि गएका थिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports