linktrix Long Ad
Salt Trading Long Ad

एमालेको चुनाव चिह्न लिएर कमल थापा एमालेमा विलय हुने प्रक्रियामा जानुभयो : लिङ्देन

676
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले नेकपा एमाले सँग गरेको गठबन्धनको सहमतिलाई एमालेमा बिलय हुने प्रक्रियाको सुरुवात भएको टिप्पणी गरेका छन् । ‘एमालेमा जाने पूर्व सहमति हो यो,’ लिङ्देनले  भने, ‘एउटै चिह्न लिएर लडेपछि त्यो एमालेकै मान्छे हुन्छ नि । एमालेको चुनाव चिह्न लिएर उहाँ एमालेमा विलय हुने प्रक्रियामा जानुभयो । यसले राप्रपालाई नोक्सानी भन्दा फाइदा गरेको छ ।’

बुधबार नेकपा एमाले र थापा नेतृत्वको राप्रपा नेपाल बीच स्थानीय तहको चुनावमा गठबन्धन गर्ने र एमालेकै चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको थियो । लिङ्देनले आफूहरुले भने अन्य दल सँगको तालमेललाई प्राथमिकतामा नराखेको बताए । ‘हामीले तालमेललाई प्राथमिकता राखेका छैनौं,’ उनले भने, ‘कुनै राजनीतिक दलले पनि हामी सँग कुरा गरेको छैन । हामी आफैं अघि सरेर कुरा गर्ने पक्षमा छैनौं ।’

यद्यपि सम्मानजनक प्रस्ताव आएमा भने स्थानीय कमिटीले तालमेलको निर्णय गर्न सक्ने लिङ्देन बताउँछन् । ‘स्थानीय तहमा साथीहरुले आवश्यकता अनुसार, हाम्रो इज्जत अनुसारको भयो भने गर्नुहोला तर हामीले तालमेलको कुनै रणनीति बनाएका छैनौं,’ उनले भने । स्थानीय चुनावमा आफूहरुले राम्रो गर्ने दाबी लिङ्देनको छ । ‘स्थानीय चुनावमा हामी राम्रो गर्छौं, त्यसमा कुनै शंका छैन,’ उनले भने, ‘तर, हामी पहिलो, दोस्रो हुन्छौं भन्ने खालको गफ हाँक्दैनौं ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports