२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय विदेश मन्त्रालयले गर्यो प्रधानमन्त्री बालेनको राजकीय भ्रमणको घोषणा

26
shares

भारतले पनि प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणको औपचारिक घोषणा गरेको छ । भारतको विदेश मन्त्रालयले शुक्रबार बालेनको दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको हो ।

प्रधानमन्त्री शाह आइतबार दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् । शाहको यो नै पहिलो भारत भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरी, आगामी नोभेम्बर २३ तारिख (मङ्सिर ७ गते) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ।

वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूको समीक्षा गरिनुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा विचार आदानप्रदान हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत र जनस्तरको प्रगाढ सम्बन्ध रहेको उल्लेख छ। व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र भौतिक तथा डिजिटल कनेक्टिभिटी लगायतका विविध क्षेत्रमा द्विपक्षीय सहकार्यले प्रगति हासिल गरिरहेको भारतले जनाएको छ। यसका साथै स्टार्टअप, प्रविधि तथा नवप्रवर्तन (इनोभेसन) र खेलकुदजस्ता नयाँ क्षेत्रहरूमा समेत दुई देशबीच सहकार्य बढ्दै गएको उल्लेख छ।

यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको उच्च महत्त्वलाई प्रतिविम्बित गर्ने विज्ञप्तिमा जनाइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports