प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिश्वमा कोरोनाका संक्रमितको संख्या ५० करोड नाघ्यो, ६२ लाख भन्दा बढीको निधन

585
shares

विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार हाल सम्म विश्वमा ५० करोड २१ लाख ५६ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना संक्रमित मध्ये हालसम्म ६२ लाख १४ हजार १०९ जनाको मृत्यु भइसकेको छ । हाल सम्म ४५ करोड २४ लाख १८ हजार १०३ जना संक्रमित निको भइसकेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमित मध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल सम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यस पछि यो विश्वभर फैलिएको हो । वल्डोमिटर्सका अनुसार विश्वमा सबै भन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हाल सम्म ८ करोड २१ लाख ९२ हजार ८८० जनामा संक्रमण पुष्टी भएको भइसकेको छ । यस्तै, हाल सम्म भारतमा ४ करोड ३० लाख ३९ हजार २३, ब्राजिलमा ३ करोड २ लाख १० हजार ८५३, फ्रान्समा २ करोड ७३ लाख १० हजार ५ र जर्मनीमा २ करोड ३१ लाख १६ हजार ४०२ जनालाई कोरोना संक्रमण भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ ।

कोरोनाका कारण ज्यान गुमाउनेको सबै भन्दा ठूलो संख्या पनि अमेरिकामा रहेको छ । अमेरिकामा हाल सम्म कोरोनाका कारण १० लाख १४ हजार ११४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा ५ लाख २१ हजार ७६७, ब्राजिलमा ६ लाख ६१ हजार ७१०, रुसमा ३ लाख ७२ हजार ५१२ र मेक्सिकोमा ३ लाख २३ हजार ८४८ जनाको मृत्यु भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports