प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घलेगाउँलाई आज एमाले अध्यक्ष ओलीले सुखी गाउँ घोषणा गर्ने

546
shares

लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँ बाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

स्मार्ट भिलेज घलेगाउँका घर एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष घलेले बताए । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेश लगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुई पल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ ।


०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घलेगाउामा होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरीएको छ । न्यानो आतिथ्यताका माध्यम बाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ ।

०५७ साल बाट होमस्टे सञ्चालनमा आएको घलेगाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घलेगाउँमा दैनिक ३ सय भन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । घलेगाउँमा पर्यटकको आगमन सँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports