मेयर उपमेयरको बारेमा छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५८
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार बारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डा बारे अझै सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्व माथि तल्लो कमिटीहरू बाट चर्को दबाब छ ।







































