तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकहरूले बढाएँ त्रृणको ब्याजदर

494
shares

काठमाडौं ।वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशत सम्म पुगेको छ। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदर सम्बन्धी सूचना अनुसार ब्याजदर अधिकतम १८ प्रतिशत हाराहारी पुगेको हो। अधिकांश बैंकको पुँजी लागत सहित गणना हुने आधार ब्याजदर करिब १० प्रतिशत हाराहारी पुगेको छ। बैंकहरूले आधारदरमा ५ देखि ८ प्रतिशत सम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएका हुन्। बैंकहरूले स्थिर दरमा जारी गर्ने कर्जाको ब्याजदर ११.७५ प्रतिशत देखि करिब १७ प्रतिशत सम्म तोकेका छन्।

परिवर्तित ब्याजदरका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक बाट सबभन्दा कम ब्याजदरमा कर्जा पाइने भएको छ। माछापुच्छ्रे, नेपाल एसबिआई लगायत बैंकहरूले उच्च ब्याजदर तोकेका छन्। स्थिर ब्याजदरका आधारमा सबभन्दा कम कुमारी बैंकको छ भने सिभिल बैंकको ब्याजदर सबभन्दा उच्च छ। बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर भने बढाएका छैनन्। ब्याजदर बृद्धि गर्दा पनि निक्षेप स्रोत बढ्न नसकेपछि गत महिना देखि नै बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन्। बैंकहरूले मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत सम्म ब्याजदर प्रस्ताव गर्दै आएका छन्।रेमिट्यान्स खातामा भने १२.०३ प्रतिशत सम्म ब्याजदर दिइरहेका छन्।

चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू बाट कर भुक्तानका लागि अर्बौं रकम बाहिरिने भएपछि बैंकहरूले राष्ट्र बैंकबाट लिँदै आएको स्थायी तरलता सुविधा (सापटी) बढाएका छन्।कर प्रयोजनका लागि करिब ५० देखि ६० अर्ब रूपैयाँ बाहिरिने गरेको छ। यस्तो रकम सरकारी ढुकुटीमा जान्छ। सरकारले खर्च नगर्दा सम्म यो बैंकिङ प्रणालीमा फर्किँदैन। बैंकहरूले गत २८ चैतमा एकै दिन एक खर्ब रूपैयाँ यसरी सापट लिएका छन्। हाल सम्म बैंकहरूले यो सुविधा अन्तर्गत ५७ खर्ब ७३ अर्ब रूपैयाँ लिइसकेका छन्। य समध्ये अहिले पनि दुई खर्ब भन्दा केही बढी रकमको सापटी परिपक्व हुन बाँकी छ। अर्थात् बैंकहरूले यो रकम चलाइरहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कर्जा योग्य पुँजी अभावको समस्या अझै सुध्रिएको छैन। एक बैंकले अर्को बैंक सँग लिने सापटी सुविधाको ब्याजदर ७ प्रतिशत भन्दा माथि पुगेको छ।चैत २९ गते सम्म यस्तो अन्तर बैंक ब्याजदर ७.०४ प्रतिशत पुगेको छ। जबकि यसलाई ७ प्रतिशत भित्रै राख्ने गरी ब्याजदर डोर्‍याउन ब्याजदर करिडोरको माथिल्लो सीमा समेत स्थायी तरलता सुविधा अन्तर्गतको ब्याजदर ७ प्रतिशतलाई नै राखिएको छ। असामान्य अवस्थामा कहिलेकाहीँ अन्तर बैंक ब्याजदरले सीमा पार गरे पनि यो लामो समय नरहने राष्ट्र बैंकले बताउँदै आएको छ। वाणिज्य बैंकहरूको निक्षेपको तुलनामा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) पनि ९१.२२ प्रतिशत पुगेको छ। असार सम्म बैंकहरूले यो अनुपात ९० प्रतिशतभित्र सीमित पार्नुपर्छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports