सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम

494
shares

काठमाडौं । अहिले देशमा पश्चिमी वायु सँगै स्थानीय वायुको प्रभाव सामान्य रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

त्यस्तै दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै देशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैगरी, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम राति सामान्यतया सफा रहने बताइएको छ ।

यसैबीच, प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । देशको तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मी बाट हुनसक्ने सम्भावित असर बाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाको अनुरोध छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports