विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीरगञ्ज महानगरमा कांग्रेस र जनता समाजबादी एक्लाएक्लै निर्वाचनमा जाने

481
shares

सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) वीरगन्ज महानगरपालिका सहित पर्साका सबै स्थानीय तहमा छुट्टाछुट्टै चुनाव लड्ने भएका छन्। केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादव बीच आसन्न निर्वाचनमा जिल्लाका १४ वटै पालिकामा मित्रवत प्रतिस्पर्धामा जाने सहमतिमा हस्ताक्षर भएको छ।

स्थानीय नेता र कार्यकर्ताको मनोभावनाको कदर गर्दै प्रतिष्पर्धा गर्ने निर्णय भएको सहमति पत्रमा उल्लेख छ।  पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज, ३ वटा नगरपालिका र १० वटा गाउँपालिका छन्। जसपा र कांग्रेस दुबैले वीरगन्ज महानगरपालिकामा मेयर पाउनुपर्ने अडान लिएपछि गठबन्धन गर्न सकस भएको थियो। ‘वर्षौं देखि पार्टीमा नेता कार्यकर्ताले लगानी गरेका थिए। तर गठबन्धन गर्दा चुनाव लड्ने बेला उनीहरुले टिकटै नपाउने देखियो। कांग्रेस बलियो भएकाले एक्लै चुनाव लडनुपर्ने कार्यकर्ताको भावना थियो। गठबन्धन गर्दा फाइदा नभएर झन् घाटा हुने अवस्था भएकाले छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका हौं,’ कांग्रेस पर्सा सभापति क्षेत्रीले भने।

यसअघि चैत ३० मा कांग्रेसले जिल्लाका प्रभावशाली नेताहरूको उपस्थितिमा जिल्ला कार्यसमितिको बृहत्तर बैठक गरी स्थानीय तह निर्वाचनमा अरू दल सँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको थियो। अहिलेको परिस्थिति अनुसार वीरगञ्ज महानगरपालिकामा कांग्रेस, जसपा र एमाले बीच मुख्य प्रतिष्पर्धा हुनेछ। जसपा परित्याग गरेर एमाले प्रवेश गरेका वर्तमान मेयर विजय सरावगीलाई एमालेले मेयरको उम्मेदवार घोषणा गरिसकेको छ। सरावगी विरूद्ध जसपाले लोसपा परित्याग गरी जसपा प्रवेश गरेका राजेशमान सिंहलाई मेयरको उम्मेदवार घोषणा गरेको छ।

कांग्रेस बाट राजेन्द्रबहादुर अमात्य, अजयकुमार द्विवेदी, प्रकाशकुमार उपाध्याय र नरेन्द्र शाह मेयरका अकांक्षी छन्। अमात्य र द्विवेदी मध्ये एक जनालाई टिकट दिने कांग्रेसको तयारी छ। त्यसैगरी लोसपा बाट मेयरमा सुरेन्द्र कुर्मी, पुरूषोत्तमलाल झा र ओमप्रकाश सर्राफको नाम चर्चामा छ। एमाले र लोसपा बीच आन्तरिक रूपमा गठबन्धनको तयारी भइरहेको छ। यी दुई दल बीच गठबन्धन भए एमाले बाट मेयरमा सरावगी र लोसपा बाट उपमेयरमा रम्भा मिश्रा उम्मेदवार बन्ने सम्भावना छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports