विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ४१ दशमलव ७७ अंकले घट्यो

663
shares

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ७७ अंकले घटेर २,३४३ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नबि ल बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्सको ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआरएन एण्ड डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports