kumari
stcnepal

नेप्से परिसूचक ४१ दशमलव ७७ अंकले घट्यो

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ७७ अंकले घटेर २,३४३ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नबि ल बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्सको ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआरएन एण्ड डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

 

 

 

footer