२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

६७ करोड रुपैयाँ बराबरको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा तीन पक्राउ

780
shares

काठमाडौं । महानगरीय अपराध महाशाखाले ६७ करोड रुपैयाँ बराबरको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै आइतबार र सोमबार राजधानी बाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महाशाखाले झापाका २२ बर्षिय अनुप मिश्र, काभ्रेका २४ बर्षिय दिपेश थापा र काठमाण्डौं वाफलका २७ बर्षिय राहुल चचानलाई पक्राउ गरेको हो । उनीहरुले पछिल्लो दुई वर्षमै ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको महाशाखाले जनाएको छ ।

उनीहरुले इथरेनम, सिबा, डकक्वाइन, टिथर,कार्डनो, भिचेन, अल्फ ब्लकचेन जस्ता २० भन्दा धेरै प्रकारका अवैध भर्चुअल करेन्सीहरुमा लगानी गरेका थिए । महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि वाइनान्स अकाउन्ट प्रयोग गरी २० भन्दा धेरै प्रकारका भर्चुअल करेन्सीहरुमा उनी एक्लैले ३५ करोड ४६ लाख ८३ हजार रुपैयाँ भन्दा धेरैको कारोबार गरेको हुन् । प्रहरीका अनुसार मिश्रको खातामा अमेरिकी डलर १२ हजार ८३२ बराबरको ०.३१७४ बिटक्वाईन मौज्दात रहेको फेला पारेको छ ।

यसैगरी दिपेश थापाले सन् २०२१ देखि नै २ वटा वाइनान्स अकाउन्ट प्रयोग गरी २४ करोड ७९ लाख ५७ हजार रुपैयाँ भन्दा धेरैको क्रिप्टोकरेन्सीको कारोबार गरेको प्रहरीले जनाएको छ । थापाको अकाउन्टमा अमेरिकी डलर १३ सय ९९ बराबरको ०.०३६०२ बिटक्वाईन फेला परेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । अर्को राहुल चाचानले पनि पछिल्लो एक वर्षदेखि ६ करोड ५३ लाख ३९ हजार रुपैयाँ भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा फेला परेको छ । प्रहरीका अनुसार अमेरिकी डलर ६५१ बराबरको बिटक्वाईन मौज्दात रहेको पाइएको छ ।

प्रहरीको अपराध महाशाखाका अनुसार उनीहरुलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलर सम्मको बिटक्वाईनको कारोबार गर्ने गरेका थिए । यस्तै व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेश बाट आयात गर्दा समेत अनलाईन मार्फत क्रिप्टोमै रकम तिर्ने गरेको तथा अबैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचान गोप्य राखी अन्य सयौं जना व्यक्तिहरु प्रयोग गरि तिनका नाममा बैंक खाता र वाइनान्स अकाउन्ट खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गरेको देखिएको महाशाखाले जनाएको छ ।

निजहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports