२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुन,मोबाइल र ल्यापटप सहित विमानस्थल बाट एक पक्राउ

832
shares

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटप सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलारी गाउँपालिका-८ घर भएका भागदेव कठरिया थारु रहेका छन् ।

जजिरन एयरको विमानबाट दुबइ बाट कुवेत हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीले भागदेवले ल्‍याएको ४० ग्राम सुनको लकेट, एप्पलको म्‍याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्‍याक्स र आइफोन ११ प्रो म्‍याक्स फोन गरी करिब १० लाख ४ हजार ८०० मूल्‍य बराबरको सामान बरामद गरेको छ ।

पक्राउ परेका उनलाई बरामद सामान सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports