विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादी कै नेता तथा कार्यकर्ताहरूले मागे अर्थमन्त्रीको राजिनामा

546
shares

काठमाडौं, ७ वैशाख। सर्वोच्च अदालतको आदेश बाट निलम्बन फुकुवा हुँदै गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकमा फर्किएपछि अर्थमन्त्री जनार्दन शर्मा नैतिक संकटमा परेका छन्।

गभर्नर अधिकारीलाई व्यक्तिगत रिसिइवीका कारण स्वार्थ साँध्नका लागि छानबिन समिति गठन गरी निलम्बित गरिएको थियो। अर्थमन्त्री शर्माको प्रस्तावका आधारमा मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न र काममा फर्किन सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको थियो।

अधिकारी फर्किने भएपछि अर्थमन्त्री शर्मालाई राजीनामा गर्नका लागि माओवादी नेता कार्यकर्ताले सार्वजनिक रुपमा नै आह्वान गरेका छन्। माओवादीका युवा नेता तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष मदन चुडालले अर्थमन्त्री शर्माले राजीनामा गरेको वा फिर्ता आएको राम्रो हुने बताएका छन्। तर शर्माले राजीनामा गर्ने या नगर्ने भन्नेबारेमा केही पनि सार्वजनिक गरेका छैनन्।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports