विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोसपाका नेता यादव एमालेमा प्रवेश गर्ने

611
shares

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादव (बारा) ले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप नेता यादवको रहेको छ ।

उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । उनी तत्कालीन राजपाको सह महामन्त्री थिए । लोसपा बनेपछि हाल सम्म कार्यकारिणी समिति बाहेक अरू कुनै समिति बनेको छैन । त्यसमा पनि उनको गुनासो रहेको छ । उनी एमाले पार्टीमा जाने तयारी गरिरहेका छन् । स्रोतका अनुसार नेता यादवले एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली सँग पटक–पटक छलफल गरेका छन् । केही दिनमै उनी एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports