झापामा मेरा बिरूद्ध ६ दलिय गठबन्धन बन्यो : अध्यक्ष ओली
वि.सं.२०७९ वैशाख ८ बिहीवार १७:००
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको बताएका छन् ।
बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन राजावादी सँग मिलेर ६ दलीय भएको बताएका हुन् । ६ दलीय गठबन्धन एमाले र आफनो विरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको अध्यक्ष ओलीको टिप्पणी छ ।
‘झापामा मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माधव नेपाल, प्रचण्ड सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमाले विरुद्ध आइसके’ ओलीले थपे, ‘यस कारण यो पाँच दलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो ।’
झापामा पाँच दलीय सत्तागठबन्धन र राप्रपा बीच तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार स्थानीय तहको निर्वाचनमा राप्रपा र गठबन्धनको तर्फ बाट साझा उम्मेदवार तय हुनेछन् ।


































