linktrix Long Ad
Salt Trading Long Ad

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा.टेड्रोस जेनेभा प्रस्थान

650
shares

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गरेका छन् । उनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका थिए । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गरे ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा.नारायण खड्का र मन्त्री खतिवडा सँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । महानिर्देशक नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाई गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports