linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री र अमेरिकी संसद् सदस्यहरु बीच शिष्टाचार भेट

1.04K
shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डल बीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं संसद्का साथै जनता बीच साझेदारी र सहकार्य प्रवद्र्धन बारेमा पनि विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री र प्रतिनिधिमण्डल बीच जलवायु परिवर्तनज स्ता विश्वव्यापी विषयहरुमा छलफल भएको थियो ।

आजै परराष्टमन्त्री डा.नारायण खड्का सँग पनि उक्त प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका बेला दुवै पक्षले आर्थिक विकास लगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए । दुवै पक्षबीच नेपाल–अमेरिका मैत्री दुई पक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका मुद्दा बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

आगामी सोमबार नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । अमेरिकी सांसदको यो भ्रमणले दुई देश बीच संसदीय फाँटमा समेत आपसी सम्बन्ध सुमधुर तुल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports