एमालेले पोखरा महानगरको मेयरमा कृष्ण थापालाई उठाउने
वि.सं.२०७९ वैशाख १२ सोमवार १५:२९
shares

काठमाडौ। नेकपा एमाले बाट पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारका लागि कृष्ण थापाले प्रदेशसभा बाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराउन लागेको बताएका छन् ।
यसअघि एमालेले दीपक पोडेललाई मेयरमा उठाउने भए सँगै चौतर्फी विरोध र आलोचना भएपछि सोमबार उनीबाट टिकट खोसेर थापालाई मेयरमा उठाउने निर्णय गरेको हो ।
थापाले आफूले टिकट पाएको र प्रदेशसभा बाट राजीनामा दिएर मेयरको उम्मेदवारी दर्ताको तयारी गरेको बताएका छन् ।





































