विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाको हरियो जर्सी, चार राउण्ड गोली र एक केजी नक्कली सुन सहित फरार अभियुक्तहरु पक्राउ

598
shares

काठमाडौं । प्रहरीले गोली र नक्कली सुन सहित विभन्‍न सामानहरु बरामद घटनाका फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर स्थित नरेफाँटमा बस्‍दै आएकी प्रमिला तामाङको कोठामा चेक जाँच गर्दा गोली र नक्कली सुन बरामद भएको थियो । अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वर बाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई वैशाख ९ गते पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथ बाट पेस्तोलामा प्रयोग हुने ९ एमएम लेखिएको चार राउण्ड गोली र एक केजी सुन बरामद गरेको छ । यसका साथै उनीहरुको साथ बाट नेपाली सेनाको हरियो जर्सी, सेनाकै नसिलाएको जर्सी, केशव बहादुर धानुकको नाममा रहेको राहदानी, डाइमण्ड लेखिएको किप्याड मोबाइल, नोकिया कम्पनीको कालो रङको मोबाइल, एमटीएस लेखिएको मोबाइल, विभिन्‍न व्‍यक्तिका नाममा रहेका चेकहरु, कपाली तमसुक र जन्मकुण्डलीहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई प्रहरी वृत नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports