विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थिमी नगरपालिकामा ज्वाई जेठान बीचमा भिडन्त हुने

637
shares
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमाले बाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस बाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठ बीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् ।

मदनसुन्दर वर्तमान मेयर पनि हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो । मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँंग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए ।

उक्त बेला एमाले बाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टी बाट उपमेयरको भागवन्डा लगाइएको थियो । तर, नेपाल मजदुर किसान पार्टी बाट उपमेयरका उम्मेदवार पराजित भएको थियो । यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी वढी बलिया दलहरू हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports