सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनावी अभियानका लागि एमाले अध्यक्ष ओली तीन दिनका लागि आज झापा जाने

533
shares

काठमाडौँ ।नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रदेश १ को चुनावी अभियानका लागि बिहीबार गृहजिल्ला झापा जाने भएका छन् । अध्यक्ष ओली बिहीबार देखि प्रदेश एकका विभिन्न स्थानमा चुनावी समारोहका लागि जाने भएका हुन् ।

केही समय देखि चुनावका लागि क्रियाशील अध्यक्ष ओली पार्टी बाट स्थानीय तहका लागि उम्मेदवारी टुंगो लागेर मनोनयन सकिए सँगै चुनावी अभियानमा सक्रिय हुने भएका हुन् ।अध्यक्ष ओलीले बिहीबार तीन स्थान भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जनाएका छन् । उनले स्थानीय तह निर्वाचनको संघारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताए । त्यस्तै, झापा पछि अध्यक्ष ओली इलाम जानेछन् । त्यसपछि अध्यक्ष ओली गृहनगर दमकमा कार्यकर्ताहरु सँग भेटघाट गर्नेछन् ।

त्यसपछि अध्यक्ष ओली दमक बाट मोरङ र सुनसरीको चुनावी कार्यक्रममा सहभागी भई राजधानी फर्कने छन । ओली सँगै उपाध्यक्ष नेम्वाङ सहित प्रदेश १ का नेताहरु पनि जाने कार्यक्रम रहेको उपाध्यक्ष सुवास नेम्वाङले जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports