स्थानीय तहको निर्वाचनमा १ लाख ५२ हजारको उम्मेदवारी
वि.सं.२०७९ वैशाख १५ बिहीवार ०७:२२
shares

काठमाडौँ। वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण उपलब्ध भएको छ । ३५ हजार २२१ पदका लागि डेढ लाख बढीले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगको प्रणालीमा आज साँझ सम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्र सहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ ।
आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।




































