विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन सभापति देउवाको अपिल

676
shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको निर्देशन र सहमति विपरीत बागी उम्मेदवारी दिएका नेता/कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

आज एक अपिल सार्वजनिक गर्दै सभापति देउवाले भोलि साँझ ५ बजे सम्म मनोनयन फिर्ता लिन आग्रह गरेका हुन् । लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक र परिवर्तकारी शक्तिहरू बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनु पर्ने यथार्थतालाई आत्मसात गर्दै, प्रतिगमनलाई परास्त गरी राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र सम्मृद्धिका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस जसपा र राष्ट्रिय जनमोर्चाका चुनावी तालमेल गरिएको उनले अपिलमा उल्लेख गरेका छन् ।

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,’ सभापति देउवाले अपिलमा लेखेका छन्, ‘तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवार’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports