पाँचदलीय गठबन्धन अलिक समय आएको लुतो हो, ठूलो घाउ पनि होइन : ओली
वि.सं.२०७९ वैशाख १५ बिहीवार २१:०२
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई लुतोको संज्ञा दिएका छन् ।
एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार राखेको कार्यक्रममा ओलीले कांग्रेस र गठबन्धनको चर्को आलोचना गरे । उनले भने, ‘पाँचदलीय गठबन्धन अलिक समय आएको लुतो हो । ठूलो घाउ पनि होइन । तर कतिबेला यता खुचखुच गर्छ, कतिबेला उता खुचखुच गर्छ । केही समयका निम्ति पीडा हो ।’
उनले अघि भने, यस पीडालाई हामीले निर्वाचनको माध्यम बाट पन्छाउनुपर्छ । लुतो पन्छाउने एउटा दिन हुन्छ नेपालमा । यसपल्ट चाहिं दुईवटा दिन हुने भो । एउटा वैशाख ३० गते, अर्को मंसिर तिर कहिले हो …।’ हलमा सहभागीले साउन एक भने । तर ओलीले मंसिर तिर भन्दै आम निर्वाचन तिर संकेत गरेका छन् ।
































