सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैलालीमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित ५७ जनाले राजीनामा दिए

507
shares

धनगढी । कैलालीमा नेपाली कांग्रेसका ५७ जनाले राजीनामा दिएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्षमा निर्वाचित दिपक थापा सहितका ५७ जना कार्यकर्ताले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।

धनगढीमा पत्रकार सम्मलेन गर्दै थापा सहित पूर्व वडा सभापति अनन्तराज जोशी, छत्र बडेला लगायतका स्थानीय नेता, कार्यकर्ताले राजीनामा दिएको घोषणा गरे ।

वडाध्यक्षको टिकट वितरणमा असन्तुष्टि जनाउँदै आएका थापाले अघिल्लो निर्वाचनमा बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई टिकट दिएकाले क्रियाशिल सदस्य समेत नरहनेगरि सामूहिक राजीनामा दिएको बताए । थापाले खड्का विरुद्ध वडाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports